Loktantra Khabar National Weekly
Ad

सर्लाहीका २० वटै पालिकामा एमालेको प्रदर्शन

लोकतन्त्र खबर
२७ कार्तिक २०८२

बयलवास, २५ कात्तिक – नेकपा एमाले सर्लाहीले जेनजी आन्दोलनपछि विकसित भएको राजनीतिक घटनाक्रमको विषयमा बहसका जिल्लाका २० वटै पालिकामा भेला तथा प्रदर्शन गरेको छ ।

अब कात्तिक २९ गते बरहथवामा जिल्लास्तरीय भेला एवं जनप्रदर्शन गर्ने तयारी रहेको एमाले सर्लाहीका उपाध्यक्ष विदुरकुमार प्याकुरेलले जानकारी दिए । उनका अनुसार जेनजी आन्दोलनपछि पार्टीको कार्यदिशाबारे आम नागरिक र कार्यकर्तालाई प्रष्ट पार्न यस प्रकारको भेला आयोजना गरिएको हो ।
पार्टीको आगामी मंसिर २७, २८ र २९ गतेका लागि काठमाडौंमा तय गरिएको ११ औँ महाधिवेशनको तयारीका लागि पनि पालिका र जिल्लास्तरको भेला आयोजना गरिएको एमालेले बताएको छ ।
यसकै लागि अहिले वडातहमा भेला तथा बैठक भइरहेका जिल्ला कमिटी उपाध्यक्ष प्याकुरेलले बताए । सौजन्य उज्यालो अभियान

प्रतिक्रिया दिनुहोस्: