काठमाडौं, कार्तिक १ । भरतपुर महानगरपालिका–२९ गाईघाटमा आज बिहानै सातवटा सवारी साधन एकै ठाउँमा ठोक्किँदा १९ जना घाइते भएका छन् । यो सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ।
जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पर्ने गाईघाटमा आज बिहान ७ः१५ बजेको समयमा एकै पटक सात वटा सवारीसाधन एक आपसमा ठोक्किएका हुन् ।
सुरुमा बा ४ ख ७४२० नम्बरको यात्रु वहाक बस र ना ८ ख ६६२९ नम्बरको ट्रक एकआपसमा ठोक्किएको थियो र त्यसपछि रहेका सवारी साधन एक पछि दोस्रो गर्दै ठोक्किँएको उनले जानकारी दिए। यसबारे थप विवरण आउन बाँकी छ ।
सो घटनामा घाइते भएकाहरुको अहिले उद्धार भइरहेको छ । सौजन्य रिपोर्टर्स नेपाल
प्रतिक्रिया दिनुहोस्:

