Loktantra Khabar National Weekly
Ad

अगरबत्ती उद्योगमा आगलागी, २ करोडको क्षति दाबी

लोकतन्त्र खबर
२ कार्तिक २०८२

बुटवल, १ कात्तिक  । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ स्थित भैयाटोल (चित्रगुप्त पथ) मा रहेको अगरबत्ती उद्योगमा आगलागी भएको छ ।
शनिबार बिहान करिब ५ बजेको समयमा न्यू जय अम्बे अगरबत्ती तथा पुजा सामग्री प्याकेजिङ्ग उद्योगमा आगलागी भएको हो । विद्युत सट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।
आगलागीका कारण उद्योगभित्र रहेको अगरबत्ती, धूप, तेल, नगद, मेशिन, सिसिटिभी क्यामेरा, कम्प्यूटर लगायतका सामग्रीहरू जलेर नष्ट भएका छन् ।
उद्योगका सञ्चालक श्रीराम गुप्ताले आगलागीबाट करिब २ करोड ३२ लाख बढी मूल्य बराबरको क्षति भएको बताए । सौजन्य अनलाइनखबर

प्रतिक्रिया दिनुहोस्: