Loktantra Khabar National Weekly
Ad

टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

लोकतन्त्र खबर
२७ आश्विन २०८२

काठमाडौं, २७ असोज । काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित सडकमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको बा. प्र.०१–००४ क ५३६२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ घर भएका ३७ वर्षीय दिनेश थापाको मृत्यु भएको हो ।
आइतबार राति उनको मृत्यु भएको प्रहरीले बताएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सौजन्य अनलाइनखबर

 

प्रतिक्रिया दिनुहोस्: