संग्रामपुर, २६ असोज – भारतसँग सीमा जोडिएको जिल्लाका पर्सा गाउँपालिका–१, सितलपुरका ७० परिवारमा खानेपानीको सुविधा पुगेको छ ।
समरसियल मोटर गाडेर ७० परिवारलाई खानेपानी वितरण गरिएको वडाध्यक्ष सतेन्द्र रायले उज्यालो अभियानसँग बताए । वडाध्यक्ष रायका अनुसार स्थानीयको घरघरमा जडान गरिएको धारासमेत गाउँपालिका आफैले खरिद गरेर प्रदान गरेको हो । समरसियल मोटरको शुल्क गाउँपालिकाले नै तिरिदिने छ ।
खानेपानीको पाइपलाइनका लागि भने वल्र्ड भिजन इन्टरनेशनल, आरआरपिके र बागमती सेवा समाज नेपालले सहयोग गरेका छन् । समरसियल मोटरमार्फत घरघरमै खानेपानी पुगेपछि गाउँपालिका अध्यक्ष धीरेन्द्र राय, उपाध्यक्ष नुतन देवीलगायत भएर खानेपानी आयोजनाको उद्घाटन गरेका हुन् ।
२ हप्ताअघि मात्रै पर्सा गाउँपालिकाकै वडा नं. ४ कविलासी टोलका १०० घरधुरीमा समरसियलमार्फत खानेपानी सुविधा पुर्याइएको थियो । सौजन्य उज्यालो अभियान

