Loktantra Khabar National Weekly
Ad

लागु औषधसहित तीन जना पक्राउ

लोकतन्त्र खबर
२३ आश्विन २०८२

सर्लाही – सर्लाहीमा लागु औषधसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको लालबन्दी नगरपालिका – १ नवलपुर टोलस्थित भित्री सडक खण्डबाट प्रहरीले तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा सर्लाहीको ब्रम्हपुरी गाउँपालिका – ४ त्रीभुवननगरका १८ वर्षीय प्रिन्स कुमार यादव, भारत बिहार राज्य सितामढी जिल्ला सोनबरसा बसन्तपुरका २० वर्षीय कृष्ण कुमार यादव र सोही स्थानका १७ वर्षीय किशन कुमार साह रहेका छन्।
प्रहरी नायब निरीक्षक भरत साहको कमाण्डमा खटिएको टोलीले गत मंगलबार बिहान चेकिङ गर्ने क्रममा भारतीय नम्बर प्लेट बिआर ०६ सिभि ९९८५ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा ओनेरेक्श नामक १०० मिलिलिटरको ११७ बोतल फेला परेको प्रहरीले जनाएको छ।
उनीहरूले प्रयोग गरेको मोटरसाइकल र फेला परेको लागूऔषधसहित उनीहरूलाई पक्राउ गरी अदालतबाट सात दिनको म्याद थप गरि ईलाका प्रहरी कार्यालय लालबन्दीमा राखेर थप अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले प्रहरीले जनाएको छ। सौजन्य द्यड्कन एफ. एम.

प्रतिक्रिया दिनुहोस्: