Loktantra Khabar National Weekly
Ad

एक किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

लोकतन्त्र खबर
२३ आश्विन २०८२

वीरगञ्ज । धनुषामा एक जना किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका – ७ जिरोमाइलका २१ वर्षीय दीपक राउत रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो । उनलाई प्रहरीले गत मङ्गलवार पक्राउ गरेर अनुसन्धान अघि बढाएको प्रहरीले बताएको छ । युवतीलाई भने सेफ हाउसमा राखिएको छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार राउतले झापाको दमककी एक १७ वर्षीय किशोरीलाई फकाइ जनकपुर बोलाएर एक होटेलमा राखेर आफूसहित केही केटा लगाएर बलात्कार गराएको आरोप छ ।
राउतले मोबाइलमा अन्य युवतीसँग पनि कुराकानी गरेको, युवतीको अश्लील भिडियो राखेको र लागूऔषधको तस्बिरहरू राखेको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी गराएका हुन् । सौजन्य यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: