Loktantra Khabar National Weekly
Ad

भारतीय माछाका कारण सर्लाहीका किसान मारमा

लोकतन्त्र खबर
२६ श्रावण २०८२

बबिता धामी–
सर्लाही २५ श्रावण । मधेश प्रदेशका ८ जिल्लाहरुबाट खुला सिमानाका हुदै अवैध रूपमा भित्रिने भारतीय माछाका कारण सर्लाही जिल्ला लगायत मधेश प्रदेशका ८ जिल्लाको स्थानीयस्तरमा माछापालन गर्दै आएका किसानहरुलाई ठुलो घाटा भएर समस्यामा परेको किसानहरुले बताएका छन् । मधेश प्रदेशमा उत्पादित माछाले उचित मूल्य पाउन नसकेपछि किसानहरुलाई समस्या र घाटा व्यहोर्नु परिरहेको छ ।

 

सर्लाहीमा उत्पादित माछा बिक्रीका लागि बजारमा लिएर जादा जिल्लाका विभिन्न सिमानाकाबाट अवैध रूपमा भारतीय माछा भित्रिएपछि उचित मूल्य प्राप्त हुन नसकेको माछा किसानहरुले बताए । भारतबाट भित्रिने माछाका कारण चाहेको मूल्यदरमा बिक्री गर्न नसकेको किसानको गुनासो छ, व्यापार व्यवसाय सञ्चालनसँगै आर्थिक व्यवस्थापनमा समस्या भएको किसानहरु बताउछन ।’

 

जिल्लामा उत्पादित माछा थोकमा प्रतिकिलो रु २०० र फुटकरमा प्रतिकिलो रु ३०० मा बिक्री हुने गरेको जनाउँदै सिमानाकाबाट भित्रिएका माछा थोकमा प्रतिकिलो रु १९० र फुटकरमा प्रतिकिलो रु २५० मा बिक्री हुने गरेको बताए । ‘हामीले उत्पादन गरेका माछाको दररेटभन्दा भारतबाट ल्याइएका माछा सस्तो पर्न जान्छ । सोही कारणले व्यावसायिक माछापालन गर्ने किसानद्वारा उत्पादित माछाले उचित मूल्य नपाउँदा समस्या भएको किसानहरुको भनाई रहेको छ ।

 

माछा किसानहरुले भने व्यवसाय गर्दै आएका छौँ, तर लगानी र मिहेनत अनुसारको उचित मूल्य नपाउँदा कृषक समस्यामा परिरहेको छ ।, भारतबाट अवैध रूपमा भित्रिने माछा रोक्नका लागि नाका क्षेत्रमा कडाइ गरिनुपर्नेमा जिल्लाका किसानहरुले जोडदार माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: