Loktantra Khabar National Weekly
Ad

गृह, संचार तथा कानुन मन्त्री लेखीद्वारा  पत्रकार हितका कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता

लोकतन्त्र खबर
१८ असार २०८२

मनोज यादव—
सर्लाही,असाढ १८    नेपाल पत्रकार महासंघ सर्लाहीको समन्वयमा मिडिया काउन्सिल मधेस प्रदेशद्वारा आयोजित ‘पत्रकार आचार संहिता सम्बन्धि गोष्ठी’ बुधबार मलंगवामा सम्पन्न भएको छ।

 

मलंगवास्थित होटल सुजातामा सम्पन्न गोष्ठीको अध्यक्षता मिडिया काउन्सिल मधेस प्रदेश अध्यक्ष सुरेश यादवले गर्नुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथि प्रदेश सरकारका गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखी रहनुभएको थियो।

 

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा प्रदेश सांसद जंगिलाल राय, मलंगवा नगरपालिकाकी उपप्रमुख शकुन्तला देवी साह, आम संचार प्राधिकरण जनकपुरधामका अध्यक्ष जितेन्द्र  खड्का, चलचित्र तथा लोक संचार प्रवर्द्धन अध्यक्ष किशोर कुमार लेखी, काउन्सिल सदस्य बन्दना झा, एमाले सर्लाही जिल्ला अध्यक्ष राजनारायण साह, मिडिया काउन्सिलका प्रशासकीय प्रमुख टेक विक्रम साह, पत्रकार महासंघ सर्लाही अध्यक्ष ओमप्रकाश ठाकुरलगायत विभिन्न सञ्चारगृहका पत्रकारहरुको उपस्थिति थियो।

 

गोष्ठीमा प्रेस मञ्चका कार्यवाहक अध्यक्ष मनोज यादवले पत्रकार आचार संहिता पालनासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यपत्रमा पत्रकारितामा देखिएको आचारहीनता, सामाजिक सञ्जालको प्रयोग, प्रेस स्वतन्त्रता र उत्तरदायित्वका विषयमा प्रष्ट चर्चा गरिएको थियो। कार्यक्रममा सहभागी पत्रकारहरुले आचार संहिता पालना र संचार क्षेत्रको सुधार सम्बन्धमा आ–आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए।

 

प्रमुख अतिथि मन्त्री लेखीले कार्यक्रमलाई सम्बोधन गर्दै संचार मन्त्रालयको बजेट सीमित भए पनि संचार क्षेत्रको सशक्तिकरणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँले पत्रकारहरुको बिमा योजना, सबै जिल्लामा महासंघको कार्यालय भवन निर्माण, उत्कृष्ट पत्रकार सम्मान लगायतका कार्यक्रमहरु अगाडि बढाइने प्रतिबद्धता जनाउनुभयो।

 

संचारकर्मीहरुबीच आचार संहिताप्रति गम्भीरता र साझा जिम्मेवारीबोध गराउने उद्देश्य कार्यक्रमको आयोजना गरिएको काउन्सिलका अध्यक्ष यादवले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्: