Loktantra Khabar National Weekly
Ad

त्रिभुवननगरबाट लागू औषधसहित दुई युवक पक्राउ

लोकतन्त्र खबर
१२ असार २०८२

लोकतन्त्र समाचारदाता—
सर्लाही, असाढ १२  मंगलबार दिउँसो सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ स्थित त्रिभुवननगर प्रहरी चौकी अगाडिको सडक खण्डमा प्रहरीले चेकजाँचका क्रममा ठूलो परिमाणमा लागू औषधसहित दुई युवकलाई पक्राउ गरेको छ।

 

नेपाल-भारत सिमावर्ती त्रिभुवननगर बजारबाट भेल्हीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ह. २२२१ नम्बरको यात्रुबाहक टेम्पोलाई रोकेर चेकजाँच गर्दा उनीहरूको साथबाट प्रतिबन्धित लागू औषध निट्राजेपाम–१० (Nitrazepam-10) को १,२०० थान ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।

 

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–२४ निवासी १९ वर्षीय अनिस बि.क. र सोही ठाउँ बस्ने १९ वर्षीय सन्देश परियार रहेका छन्। चेकजाँचका क्रममा अनिसको साथबाट ५ पत्ता  र सन्देशको साथबाट पनि ५ पत्ता ट्याब्लेट बरामद गरिएको थियो। त्यसैगरी उनीहरूले बोकेको रातो झोलाबाट लुकाइछिपाई राखिएको ११० पत्ता लागू औषध समेत फेला परेको प्रहरीले जनाएको छ।

 

पक्राउ परेका दुबै जनालाई लागू औषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धानका लागि सर्लाही जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: