
लोकतन्त्र समाचारदाता-
चक्रघटा, असाढ १२ सर्लाहीको चक्रघटा गाउँपालिकाको आयोजनामा तथा स्वास्थ्य शाखाको सहयोगमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन गरिएको यो शिविर गाउँपालिकाका सबै वडाहरूमा चरणबद्ध रूपमा गरिएको थियो।
उक्त शिविरमा करिब १७०० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए। बिरामीहरूको स्वास्थ्य परीक्षण श्रीराम हेल्थ केयरका डा। राम प्रवेश यादव तथा स्वास्थ्यकर्मीहरूको टोलीले गरेका थिए। परीक्षणका क्रममा आवश्यक औषधिहरू समेत बिरामीलाई निःशुल्क रूपमा वितरण गरिएको थियो।
स्थानीय नागरिकहरूलाई सहज र निःशुल्क रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले शिविरको आयोजना गरिएको गाउँपालिकाले जानकारी दिए।
शिविरलाई सफल बनाउन स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेवक र समाजसेवीहरूको सक्रिय भूमिका रहेको थियो।