Loktantra Khabar National Weekly
Ad

श्रीराम कविर मठ मलंगवामा महन्त नियुक्ति

लोकतन्त्र खबर
३ असार २०८२

लोकतन्त्र समाचारदाता-
सर्लाही,जेठ ३
मलंगवा नगरपालिका वडा न-२ मा रहेको श्रीराम कविर मठमा स्वर्गीय महन्थ देवीलाल दासको प्रथम पुण्यतिथिको अवसरमा विशेष भण्डारा कार्यक्रम तथा महन्त नियुक्ति समारोह भव्य रूपमा सम्पन्न भएको छ।

 

सोमबार सम्पन्न पुण्यतिथि कार्यक्रमका क्रममा श्रद्धालु भक्तजनलाई भोजन गराउने भण्डारा आयोजना गरिनुका साथै मठको नयाँ नेतृत्वको औपचारिक घोषणा गरिएको थियो। कार्यक्रममा सन्त समाजको विशेष उपस्थितिमा श्री विश्वेश्वर दासलाई मठको नयाँ महन्तका रूपमा तथा श्री राजन दास महाराजलाई मठ संरक्षकको रूपमा सम्मानपूर्वक पगडी पहिर्याइ जिम्मेवारी प्रदान गरिएको हो।

 

उक्त अवसरमा सयौं सन्त महात्मा, भक्तजन तथा स्थानीय बासीहरूको उपस्थित रहेको थियो।
यस किसिमको कार्यक्रमले मठको गरिमा अझ वृद्धि भएको र भावी दिनमा धार्मिक गतिविधिहरू थप सशक्त रूपमा अघि बढ्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्: