
लोकतन्त्र समाचारदाता—
सर्लाही,जेठ २८ यातायात व्यवस्था कार्यालय मलंगवाको आयोजना तथा युथ गाइड इन्स्टिच्युट एण्ड ट्रेनिङ सेन्टर हरिवनको समन्वयमा सडक सुरक्षा तथा यातायात सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम बुधबार मलंगवामा सम्पन्न भएको छ। वडा न-९ स्थित होटल सुजातामा यातायात व्यवस्था कार्यालयका प्रमुख शशी प्रसाद यादवको अध्यक्षता तथा श्रम तथा यातायात मन्त्री कौशल किशोर राय प्रमुखको अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख कौशल किशोर सिंह, उपप्रमुख जितेन्द्र कुशवाहा, प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, मलंगवा र कबिलासी न.पा. का उपप्रमुखहरू शकुन्तला देवी साह र पुनम कर्ण,यातायात मन्त्रालयका उपसचिव युवराज अधिकारीको उपस्थिति रहेको थियो।
जिल्ला ट्राफिक प्रहरी प्रमुख रजोश घिमिरेले सडक सुरक्षा र दुर्घटना न्यूनीकरण सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा जनप्रतिनिधि, विद्यार्थी, पत्रकार र नागरिक समाजका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो।