Loktantra Khabar National Weekly
Ad

विद्यार्थी लक्षित दुई दिने आधारभूत पत्रकारिता तालिम मलंगवामा सुरु

लोकतन्त्र खबर
२४ जेष्ठ २०८२

लोकतन्त्र समाचारदाता—
सर्लाही,जेठ २३
कबिलासी नगरपालिकाको आयोजना तथा तराई मधेस कानुन विद्यार्थी समाज, काठमाडौँ नेपालको संयोजनमा सदरमुकाम मलंगवामा दुई दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ। आज(शुक्रबार)बाट सुरु भएको तालिममा कबिलासी नगरलालिका क्षेत्रभित्रका ३ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ४५ जना विद्यार्थीहरूको सहभागिता रहेको छ।

 

कबिलासी न.पा की उपप्रमुख पुनम कर्णद्वारा पानसमा दीप प्रज्वलन गरी  औपचारिकरुपमा उद्घाटन गरिएको तालिमको उद्घाटन शत्रको अध्यक्षता पत्रकार महासंघ सर्लाहीकी उपाध्यक्ष तथा तराई मधेस कानुन विद्यार्थी समाजकी प्रतिनिधि बन्दना झाले गरेकी हुन्।

 

मलंगवास्थित महेन्द्र होटलमा संचालन भइरहेको तालिमको उद्घाटन कार्यक्रममा विशिष्ट अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, सशस्त्र प्रहरी बलका उपरीक्षक देव बहादुर चन्द, नेपाल प्रहरीका नायब उपरीक्षक सरोज राई, नेपाली काँग्रेसका नेता तथा भूपू गाविस अध्यक्ष विनय कर्ण, ब्लु डायमण्ड सोसाइटीका प्रमुख अब्दुल सहमद लगायत अन्य विशिष्ट व्यक्तित्व तथा पत्रकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन शिक्षक संतोष कर्णले गरेका थिए।

 

शुक्रबार र शनिबार गरी दुई दिन चल्ने उक्त तालिमका प्रशिक्षार्थीहरुलाई सञ्चारकर्मी रामबाबु खड्का र मनोज कुमार यादवले प्रशिक्षण दिइरहेका छन् ।
तालिमको उद्देश्य विद्यार्थीहरूमा पत्रकारिताको आधारभूत ज्ञान दिनुका साथै सञ्चारप्रति जागरुकता अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ।
पत्रकारिता क्षेत्रप्रति चासो राख्ने विद्यार्थीहरूका लागि यो तालिमले महत्वपूर्ण सन्देश दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्: