Loktantra Khabar National Weekly
Ad

क्रिकेट खेलाडी पुजा महतो सम्मानित ।

लोकतन्त्र खबर
१६ जेष्ठ २०८२

जेठ १५ गते । १८ औं गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय महिला क्रिकेट टोलीकी उपकप्तान एवं १९ वर्ष मुनिको महिला राष्ट्रिय टोलीकी कप्तान पुजा महतोलाई सम्मान गरिएको छ ।

गणतन्त्र दिवसको अवसरमा चन्द्रनगर गाउँपालिकाले आयोजना गरेको सम्मान कार्यक्रममा पुजालाई सम्मान गरिएको हो । गाउँपालिका अध्यक्ष राजकुमार महतोले नगद रु ५५ हजार सहित सम्मान पत्र प्रदान गरिएको छ । नाढीतालमा आयोजना गरिएको कार्यक्रममा पुजा महतोलाई सम्मान गरिएको चन्द्रनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार यादवले जानकारी दिएका छन् ।

कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका दुईजना शहिद विद्यासागर महतो र शिवकुमार रामको परिवारलाई जनही नगद रु २५ हजार रुपैया र सम्मान पत्र सहित सम्मान गरिएको छ ।

त्यसैगरी अधिकार प्राप्तिका लागि विभिन्न समय भएको आन्दोलनमा जेल जीवन बिताएका नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति सत्यदेव सिंह दनुवारलाई नगद रु २५ हजार रुपैया र सम्मान पत्र सहित सम्मान गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पुजाले आफु जस्तै पुजा महतो यस्ता ग्रामिण क्षेत्रमा जन्म होस भन्ने चाहना व्यक्त गरेकी छिन् । उपस्थित अभिभावकलाई पुजाले छोरा सरह छोरीलाई पनि खेलमा आगाडी बढाउन आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्: