
बखतियार अलि–
सर्लाही १५ जेष्ठ । सबै नेपाली जनताको राष्ट्रिय पर्व गणतन्त्र दिवस विहिवार बिबिध कार्यक्रमको आयोजना गरि गणतन्त्र दिवस आयोजक मुल समारोह समिति सर्लाही भव्य रुपमा मनाएको छ ।
यस अवसरमा बिहान प्रभात फेरि नगरपरिक्रमा गरेको हो । जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल सिंहको अध्यक्षता र नेतृत्व तथा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा प्रभात फेरि गरिएको छ ।
प्रभात फेरि जिल्ला प्रशासनबाट शुरु भएर सदरमुकाम मलंगवाको परिक्रमा गरि पुन जिल्ला प्रशासन कार्यालय मलंगवामा कोणसभामा परिणत भएको छ । जिसस प्रमुख सिंहले राष्ट्रिय झण्डालाई झण्डोतोलन गरि आफनो मन्तव्यमा उनले भने केहि व्यतmहरु धमिलो पानीमा माछा मार्ने प्रयास गरेको छ ।
वहाहरुको दिवा सपना कहिले पनि साकार नहुने जिसस प्रमुख सिंहले जिकिर गर्नुभयो । गणतन्त्रको विकल्प मात्र गणतन्त्र रहेकोले व्यवस्था परिवर्तनको सपना कसैले नदेपनि हुन्छ प्रमुख सिंहको भनाई थियो । प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले कोणसभालाई सम्बोधन गर्नुहुदै भने देशमा गणतन्त्र आएपछि न्याय पालिकाको अधिकार र कार्यपालिकाको अधिकार अहिले प्रदेश र स्थानीय तहमा प्रत्यारोपन गरिएको छ ।
प्राप्त अधिकार र उपलब्धिलाई संस्थागत गर्दै तीन तहको सरकारले आफनो क्षमता र दक्षता बढाउदै आम नेपाली जनताको चाहना बमेजिम सेवा प्रवाहलाई दिगो बनाउनु पर्नेमा वहाले जोडदिनु भयो । गणतन्त्र दिवस २०८२ हर्सोउल्लासका साथ मनाउनु पर्ने हो । आम जनमानसको सहभागिता सशतm रुपमा हुनुपर्नेमा हामि कहिकतै चुकेको जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्र कुमार महतोको भनाई छ ।
कार्यक्रममा मलंगवा नगरपालिकाका नगर उपप्रमुख शकुन्तला देवी, नेकपा एमालेका युवा नेता शमिम बाबु पठान, माओवादीका नेता लक्ष्मी नारायण चौधरी, राजनीतिककर्मी शम्भु यादव र नागरिक समाजको तर्फबाट शिवचन्द्र चौधरीले मन्तव्य राख्नु भएको थियो ।
सोही अवसरमा नागरिक समाजका चौधरीले कविता वाचन गरेर कार्यक्रममा उपस्थित व्यतिmहरुको मन जित्न सफल भएका थिए । प्रभात फेरि कार्यक्रममा प्रेस चौतारी जिल्ला कार्य समिति सर्लाहीमा आवद्ध पत्रकारहरुको समेत सकृय सहभागिता रहेको थियो ।
सभाको कार्यक्रम पश्चात कार्यक्रममा उपस्थित महानुभावहरुले आर्युवेद कार्यालय मलंगवाको आयोजनामा संचालित आर्युवेद स्वास्थ्य शिविरमा सबैले अ–आफनो स्वास्थ्य परिक्षण गरेका थिए । आज र भोली राती दिप प्रज्वल गर्ने र शुक्रबार बिहान योग शिविरको समेत आयोजना गरिएको गणतन्त्र दिवस आयोजक मुल समारोह समिति सर्लाहीले जनाएको छ ।
तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रको विरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १७ वर्ष भएको छ ।
विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्ष देखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ ।
जेठ १५ गतेकै दिन नेपाली जनतालाई स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वोच्चता प्राप्त भएको थियो । गणतन्त्र दिवस वंशीयतन्त्रलाई जनताले जितेको उत्सवको रुपमा समेत नजाउने गरिन्छ ।