
मनोज यादव-
सर्लाही,जेठ २ निजी सवारी सञ्चालकहरुद्वारा यात्रुहरूमाथि हुने भाडा शोषणको अन्त्य गर्दै नेपाल अपांग संघ, मलंगवाले ई(रिक्शा घुम्ती सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। संघले यात्रुहरूलाई सुलभ र पारदर्शी सेवामा पहुँच पुर्याउने उद्देश्यसहित मलंगवा नगरपालिका क्षेत्र भित्रका लागि यो सेवा अघि बढाएको हो।
बिहीबार एक कार्यक्रमका बीच संघले सेवा शुभारम्भ गरेको हो। कार्यक्रमको अध्यक्षता नेपाल अपांग संघ, सर्लाहीका कार्यवाहक अध्यक्ष रामकृत सिंहले गरेका थिए। जिल्ला समन्वय समिति सर्लाहीको प्रांगणमा आयोजना भएको कार्यक्रममा अतिथिका रूपमा प्रादेशिक अस्पताल मलंगवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा।सचिन यादव , सेवानिवृत्त शिक्षक नन्दीपत राय, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि अवधेश प्रसाद यादव, समाजसेवी जितेन्द्र लाल दास, दिनेश मिश्र, जयशंकर राय तथा जिल्लास्थित विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
संघद्वारा सुरु गरिएको सेवाअन्तर्गत नेपाल(भारत सिमा हनुमान चौक बोर्डरदेखि गम्हरिया चौक बजारसम्म रु।३०, हनुमान चौक बोर्डरदेखि मलंगवाको पुरानो बस स्टैण्ड तथा जि।वि।स। चौकसम्म रु।२०, र राजश्री चौकदेखि हनुमान चौक बोर्डरसम्म रु।१० मात्र भाडा निर्धारण गरिएको छ।
केही दिन भित्रै संघले मलंगवादेखि छिमेकी ब्रह्मपुरी गाउँपालिकासम्मको लागि पनि ई(रिक्सा संचालनमा ल्याउने कार्यवाहक अध्यक्ष सिंहले बताए। यसकालागि मलंगवास्थित पुरानो बस स्टैण्ड देखि ब्रह्मपुरी बजार चौकसम्म रु।३०, भेल्ही चौकसम्म रु।२०,ब्रम्हपुरीदेखि भेल्ही चौकसम्म रु।१०, र भेल्ही चौकदेखि भारतको सिमा त्रिभुवननगरसम्मको लागि रु। १० भाडा निर्धारण गरिएको उनले जानकारी दिए।
विगत लामो समयदेखि मलंगवा नगरपालिका क्षेत्रमा निजीस्तरबाट सञ्चालित ई(रिक्शा तथा अटोहरूले यात्रुहरूसँग मनपरी भाडा असुल्दै आइरहेका थिए। यसप्रति आम नागरिकको गुनासो र असन्तुष्टि रहेकै अवस्थामा संघद्वारा सुरु गरिएको यो सेवा यात्रुहरूका लागि राहतको समाचार बनेको छ।
कार्यक्रममा अध्यक्ष सिंहले प्रारम्भमा दुईवटा ई(रिक्शाबाट सेवा सञ्चालन गरिएको जानकारी दिँदै विभिन्न दातृ निकायहरूको सहयोगमा सेवा विस्तार गर्दै लैजाने योजना रहेको बताए। उनले अपांग तथा सामाजिक दृष्टिले पछाडि पारिएका वर्गका लागि समर्पित यो सेवा आगामी दिनमा उदाहरणीय बन्ने विश्वास पनि व्यक्त गरे। अपाङ्गता भएका नागरिकलाई परिचयपत्रको आधारमा भाडा नलाग्ने सिंहले बताए ।
यस सेवाको सुरुवातसँगै मलंगवाका स्थानीय बासिन्दाले सुरक्षित, व्यवस्थित तथा सस्तो सवारी सेवाको अनुभूति गर्ने अपेक्षा गरिएको छ।