
मनोज यादव-
सर्लाही, माघ १२
सरस्वती पूजाको नाममा जिल्लाका विभिन्न स्थानमा सडकमा ढाट तेर्साएर चन्दा असुल्ने काम भइरहेको छ। युवाहरूले विद्यालय, टोल, र मन्दिरमा पूजाको आयोजना गर्ने भन्दै सार्वजनिक सवारीसाधन, व्यापारी र पैदलयात्रुहरूसँग जबरजस्ती चन्दा असुल्ने गरेका छन्।
सर्लाहीको मलंगवा,कबिलासी, चक्रघट्टा लगायतका स्थानहरूमा चन्दा असुलीका कारण सवारीसाधन र मानिसहरुको आवत जावतमा अवरोध सिर्जना भएको स्थानीयले गुनासो गरेका छन्। स्थानीय युवाहरु बिच सडकमा बाँस र डोरीको ढाट राखेर जबर्जस्ती चन्दाको नाममा मनपरि पैसा माग्ने गरेको यदि माग गरे अनुसारको पैसा दिन आनाकानी गर्दा उनीहरू गाली गलौज र कुटपिट समेत गर्न तम्सिने गरेको एकजना बस चालकले गुनासो गरे। ूसार्वजनिक सवारीसाधनहरु निर्वाध रूपमा सञ्चालन हुनुपर्ने हो, तर यहाँ हरेक वर्ष यस्तै जबरजस्ती चन्दा असुलीको समस्या हुने गर्छ,ू मलंगवाका अर्का एक चालकले भने।
यता, पूजाको आयोजकहरूले भने चन्दा संकलन परम्परागत कार्य भएको र यसको गलत अर्थ लगाउन नहुने तर्क गरेका छन्। उनीहरूले सबैलाई खुशीपूर्वक सहयोग गर्न पनि आग्रह गरेका छन्।
सडकमा ढाट तेर्साएर चन्दा असुली गर्नु गैरकानुनी भएकोले प्रशासनलाई यसप्रति कठोर कदम चाल्नु पर्ने स्थानीय बुद्धिजीवीहरुको भनाइ छ। उनीहरुका अनुसार सार्वजनिक स्थानमा चन्दा असुलीले सर्वसाधारणलाई समस्या मात्र हैन, कानूनको समेत उल्लंघन भइरहेको छ।