
लोकतन्त्र समाचारदाता—
सर्लाही,माघ १०
सर्लाहीको बलरा नगरपालिका वडा न-४ स्थित रहेको श्री रामसखी मोहित माध्यमिक विद्यालयका विद्यार्थीहरु नगरपालिका विरुद्ध आन्दोलनमा उत्रिएका छन् । आन्दोलित विद्यार्थीहरुको समूहले बुधबार दिउँसो विद्यालयमा तालाबन्दी गरि विद्यालय बाहिर टायर बालेर नगरप्रमुख विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले केही समयको लागि स्थानीय पसलहरु पनि बन्द गराएका थिए।
अस्थायी रुपमा गठन गरिएको विद्यालय व्यवस्थापन समिति खारिज गरि निर्वाचन प्रक्रिया द्वारा विद्यालय समिति गठन हुनुपर्ने ,पठन पाठन सामग्रीको खरिद तथा वितरणमा भ्रष्टाचार बन्द गरिनुपर्ने ,शैक्षिक वातावरणमा सुधार हुनुपर्ने आफुहरूको माग रहेको
कक्षा १० मा अध्यनरत छात्र शशांक सिंहले बताए ।
आफुहरुको माग जायज रहेकोले उक्त मागहरु पूरा नभए सम्मको लागि आन्दोन जारी रहने आन्दोलनरत विद्यार्थीहरुले चेतावनी दिएका छन् ।