Loktantra Khabar National Weekly
Ad

गोडैतामा स्वास्थ्यतर्फ संचालित कार्यक्रमहरुको पालिका स्तरीय दुई दिने समिक्षा गोष्ठी सम्पन्न स्वास्थ्य चौकी सिसौटिया प्रथम

लोकतन्त्र खबर
२ मंसिर २०८१

लोकतन्त्र समाचारदाता–
सर्लाही,मंसिर २
सर्लाहीको  गोडैता नगरपालिकामा स्वास्थ्यतर्फ संचालित आर्थिक वर्ष २०८०/०८१ को कार्यक्रमहरुको दुई दिने पालिका स्तरीय समिक्षा गोष्ठी सम्पन्न भएको छ। बुधबार र बिहिवार संचालित उक्त गोष्ठी  गोडैता नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न भएको हो।

गोष्ठीमा नगरपालिका भित्र रहेका १२ वटा स्वास्थ्य चौकीहरुले गत बर्षमा दिएका सेवा सुविधा र स्वास्थ्य चौकीको अवस्थाको जानकारी र आउँदो बर्षमा के कस्ता सेवा सुविधाहरु दिने भन्ने विषयमा छलफल गरिएको छ। गोष्टीको पहिलो दिन ‘गोष्ठीको उद्देश्य’सहित स्वास्थ्य शाखा गोडैताले प्रकाशन गरेको ‘बार्षिक प्रतिवेदन’ पुस्तकको बिमोचन गरिएको थियो। उक्त पुस्तकको बिमोचन गोडैता नगरपालिकाका नगरप्रमुख देबेन्द्र यादवले गरेका थिए। गोष्ठीको दुवै दिन स्वास्थ्य चौकीहरुको समिक्षा गरिएको थियो। सोही गोष्ठीमा प्रस्तुत गरिएको विवरणको आधारमा आन्तरिक मुल्यांकन गरि कार्य र सेवाको आधारमा १२ वटा वार्ड का स्वास्थ्य चौकीहरु मध्येबाट उत्कृष्ट भएर छानिएका तीनवटा स्वास्थ्य संस्थालाई सम्मानित गरिएको थियो । आन्तरिक मुल्यांकनको आधारमा क्रमशः प्रथम हुने वडा न- ११ स्वास्थ चौकी सिसौटिया, द्वितीय हुने वडा न-६ स्वास्थ चौकी वगदह र तृतीय हुने वडा न- २ स्वास्थ चौकी वेल्वा जब्दीका प्रमुखहरुलाई नगर प्रमुख यादवले दोसल्ला ओढाएर कदरपत्रका साथ सम्मानित गरेको स्वास्थ्य शाखा प्रमुख प्रमोद पण्डितले जानकारी दिए। मुल्यांकनको आधारमा गोडैता न.पा गत आर्थिक वर्ष मधेस प्रदेश अन्तर्गत पर्ने ८ वटै जिल्लाका पालिकाहरु मध्येबाट चौथो स्थानमा पर्न सफल भएका थिए।
नगर प्रमुख यादवको अध्यक्षता तथा मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत लालबाबु रायको प्रमुख अतिथ्यतामा सम्पन्न समीक्षा गोष्ठीमा विशिष्ठ अतिथि नगर उपप्रमुख अन्जना कुशवाहा,विभिन्न वडाका अध्यक्ष,वडा स्वास्थ्य चौकी प्रमुख,कर्मचारी,स्वास्थ्य स्वयंसेविका लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्: