Loktantra Khabar National Weekly
Ad

नेपाल संघिय समाजवादी पार्टीको अगुवा कार्यकर्ता भेला शुरु

लोकतन्त्र खबर
१० आश्विन २०८१

लोकतन्त्र समाचारदाता–
सर्लाही ०९ असोज । नेपाल संघिय समाजवादी पार्टीको अगुवा कार्यकर्ता भेला सर्लाहीको सदरमुकाम मलंगवामा बुधवार देखि शुरु भएको छ । पार्टीका राष्ट्रिय अध्यक्ष पुर्व गृह राज्यमन्त्री रिजवान अंसारीको प्रमुख आतिथ्यतामा कार्यक्रम मलंगवा स्थित महेन्द्र होटेलमा शुरु भएको छ ।

 

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा मधेश प्रदेशका पुर्व गृहमन्त्री माननीय बिमला अंसारी, केन्द्रका अन्य नेतागण तथा मधेश प्रदेशका ८ जिल्लाबाट आएका पार्टीका नेता कार्यकर्ताहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

 

कार्यक्रमलाई केन्द्रिय अध्यक्ष रिजवान अंसारीले सम्बोधन गर्दै भने सम्पुर्ण बहिष्कृत सोशित उत्पीडितहरु एक हुने बेला भएको वहाले बताए । देशमा व्यवस्था मात्र बदली भयो, अवस्था बदली भएको छैन । अवस्था परिवर्तन गर्नको लागि सम्पुर्ण सम्पुर्ण बहिष्कृत सोशित उत्पीडितहरु एकवद्ध हुनुपर्ने कुरामा वहाले जोडदिनु भयो ।

 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डा. अब्दुल रहिम मिकरानी, पार्टीका केन्द्रिय सदस्य भुपनारायण राम लगायतका व्यतिmहरले सम्बोधन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्: