Loktantra Khabar National Weekly
Ad

सर्लाहीका पालिकाहरु माथि अख्तियारमा उजुरीको चाँग, २ सय ३५ वटा उजुरी

लोकतन्त्र खबर
९ आश्विन २०८१

बखतियार अलि–
सर्लाही ०८ असोज । सर्लाही जिल्लामा रहेका २० वटा स्थानीयहरु तहहरु माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा २ सय ३५ वटा उजुरीहरु परेको छ । जस मध्ये मात्र ३८ वटा फछयौट भएको छ, भने अझ १ सय ९७ वटा उजुरी माथि अनुसंन्धान भईरहेकोले फछयौट हुन बाकी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासका शाखा अधिकृत विकास कुमार मिश्रले जनाएको छ ।

 

अख्तियारले दिएको जानकारी अनुसार सर्लाहीका नगरपालिकाहरु मध्ये सबै भन्दा बढि उजुरी कविलासी नगरपालिका माथि परेको छ । कविलासी न.पा. माथि २१ वटा उजुरी परेकोमा ६ वटा फछयौट भएको छ, भने अझ १५ वटा उजुरी माथि अनुसंन्धान भईरहेकोले फछयौट हुन बाकी रहेको छ ।

 

त्यस्तै गाँउपालिकाहरुमा सबै भन्दा बढि २२ वटा उजुरी रामनगर गा.पा. माथि परेको छ । जस मध्ये ७ वटा फछयौट भएको छ, भने अझ १५ वटा उजुरी फछयौट हुन बाकी रहेको छ । तेसतै ईश्वरपुर नगरपालिका माथि ६ वटा उजुरी परेकोमा १ वटा उजुरी फछयौट भएको छ । ५ वटा उजुरी अझ फछयौट हुन बाकी छ ।

 

मलंगवा नगरपालिका माथि १३ वटा उजुरी परेकोमा अहिले सम्म १३ वटा उजुरी माथि अनुसंन्धान भईरहेकोले फछयौट हुन बाकी रहेको छ । लालबन्दी नगरपालिका माथि परेको ४ वटा उजुरी मध्ये अहिले सम्म एउटाको पनि फछयौट भएको छैन । हरिपुर नगरपालिका माथि पनि ५ वटा उजुर परेको छ । ५ वटै उजुरी फछयौट हुन बाकी रहेको अख्तियारले बताएको छ ।

 

हरिपुर्वा नगरपालिका माथि ११ वटा उजुरी परेको छ । जस मध्ये २ वटा मात्र फछयौट भएको छ । ९ वटा अझ फछयौट हुन बाकी रहेको छ । हरिवन नगरपालिका माथि ६ वटा उजुरी परेको मा १ वटा फछयौट भएको छ । ५ वटा अझ फछयौट हुन बाकी रहेको छ ।

 

बरहथवा नगरपालिका माथि अख्तियारमा १९ वटा उजुरी परेको छ । जस मध्ये २ वटा फछयौट भएको छ । १७ वटा उजुरी अझ फछयौट हुन बाकी रहेको छ । त्यस्तै बलरा नगरपालिका माथि जम्मा २० वटा उजुरी परेको थियो ।

 

जस मध्ये ३ वटा फछयौट भएको छ । १७ वटा उजुरी अझ फछयौट हुन बाकी रहेको छ । गोडैता नगरपालिका माथि पनि १३ वटा उजुरी परेको मध्ये ३ वटा फछयौट भएको छ । १० वटा अझ फछयौट हुन बाकी छ । बागमती नगरपालिका माथि परेको १५ वटा उजुरीमा १ वटा फछयौट भएको छ । १४ वटा अझ फछयौट हुन बाकी छ ।

 

चक्रघटा गाँउपालिका माथि १७ वटा उजुरी परेकोमा २ वटा फछयौट भएको छ । १५ वटा अझ फछयौट हुन बाकी छ । धनकौल गाँउपालिका माथि परेको ९ वटा उजुरी मध्ये एउटा मात्र फछयौट भएको छ ।

 

ब्रह्म्पुरी गाँउपालिका माथि परेको ५ वटा उजुरीमा अहिले सम्म एउटा पनि फछयौट भएको छैन । बिष्णु गाँउपालिकाको पनि उस्तै छ । ६ वटा उजुरी परेको मध्ये अहिले सम्म कुनै पनि उजुरी फछयौट भएको छैन । बसवरिया गाँउपालिका माथि ९ वटा उजुरी परेको थियो जस मध्ये एउटा फछयौट भएको छ । अझ ८ वटा फछयौट हुन बाकी छ ।

 

कौडेना गाँउपालिका माथि पनि १८ वटा उजुरी परेकोमा ३ वटा फछयौट भएको छ । १५ वटा फछयौट हुन बाकी छ । पर्सा गाँउपालिका माथि १३ वटा उजुरी परेकोमा ५ वटा फछयौट भएको छ । ८ वटा उजुरीहरु फछयौट हुन बाकी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: