बखतियार अलि–
सर्लाही ०१ असोज । सन्त अल्पमाई राम नारायण यादव बहुप्राविधिक शिक्षालय सर्लाहीमा आर्थिक चलखेल गरि बिधार्थी भर्ना गरिएको खबर सार्वजनिक भएको छ ।
शिक्षालय प्रमुख बिरेन्द्र बाबु यादवले स्थानीयहरु संग लाख–लाख रुपैयाको दरले पैसा लिएर नम्बर तल माथि गरि परिक्षा पास गराई दिने भन्दै आर्थिक लाभ लिएको स्थानीयहरुले गुनासो गरेको छ । आर्थिक वर्ष २०८१ । ०८२ का लागि बहुप्राविधिक शिक्षालय सर्लाहीलाई सिटिइभीटिले १ सय २० वटा कोटा निर्धारण गरेको थियो ।
जस अन्तरगत एचएको लागि ४० जना, नर्सिगमा ४० जना र फार्मेसी पढनलाई ४० जना गरि जम्मा १ सय २० जना बिधार्थीहरु उर्तिण भएको छ । ७ सय भन्दा बढि बिधार्थीहरु सर्लाही जिल्ला लगायत अन्तर जिल्लाहरुबाट परिक्षामा सामेल भएका थिए ।
जस मध्ये मात्र १ सय २० जना बिधार्थी उर्तिण भएको शिक्षालय प्रशासनले बताए । स्थानीय बिलट रायका अनुसार मेरो छोरा पढनमा राम्रो थियो परिक्षामा सबै प्रश्नको जवाफ दिएर आएपनि छोरा पास हुन सकेन । शिक्षालयमा सोध्न जादा बैकल्पिक उम्मेदवारमा नाम आएको छ ।
१ लाख रुपैया खर्च गर्नुपर्छ अनि पास हुन्छ । सोही शिक्षालयका एकजना शिक्षकले बताएपनि आफु संग पैसा नभएर छोरालाई पास गराउन सकिएन राले गुनासो गरे । राय एउटा नजिर पात्र मात्र हो ।
प्रत्येक वर्ष शिक्षालयका प्रशासन शाखाले नाम, सिम्बल नम्बर र अंक मिलाएर लाखौ रुपैया जनताबाट उठाउने गरेको सोही शिक्षालयका एकजना शिक्षकले बताए । बहुप्राविधिक शिक्षालयबाट फोम र कागज मिलाएर पठाएपछि शतप्रतिशत बिधार्थी पास हुने गरेको ठोकुवा गरेर रकम चलखेल हुने गरेको शिक्षालयका कर्मचारीहरुको भनाई छ ।
मलंगवा वार्ड नं. २ मा संचालनमा रहेको यस शिक्षालयको बारेमा वार्ड नं. २ का वडाअध्यक्ष धिरेन्द्र साहले भने हाम्रो वार्डमा यो शिक्षालय संचालनमा रहेपनि कुनै पनि काम कर्तव्यको लागि हामिलाई कहिले पनि बोलाएका छैन ।
उनीहरुको आफनै एउटा समिति छ । समितिको माध्यमबाट कामहरु हुने गरेको वडाअध्यक्ष साहले भने । साहका अनुसार शिक्षालयमा कुनैपनि प्रकारको अर्थिक चलखेल भएको छैन । यदि कसैले ठोस प्रमाण दिएको खण्डमा कारवाही प्रकृया अगाडी बढाउने वडाअध्यक्ष साहले दाबी गर्नुभयो ।
नागरिक समाजका अगुवा उग्रकान्त झा ले भने यस बहुप्राविधिक शिक्षालय सर्लाहीमा पटक–पटक रकम उठाउने चलखेल हुने गरेको छ । सम्बन्धित निकायले तुरुन्तै छानबिन गरि दोषी उपर कारवाहीको जोडदार माग झाले गर्नुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले भने आन्तरिक रुपमा कोपी जाच्ने देखि लिएर कागजात मिलाउने कुरामा चलखेल भएको कुरा बारम्बार आउने गरेको भने । यसता कुराहरुलाई सच्याउने पर्ने सहायक प्रजिअ घिमिर बताए ।
परिक्षामा आर्थिक चलखेल भएको छ, भने कानुनी सम्वत कारवाही गरिने सहायक प्रजिअ घिमिरले भने । यस सम्बन्धमा सन्त अल्पमाई राम नारायण यादव बहुप्राविधिक शिक्षालय सर्लाहीका शिक्षालय प्रमुख विरेन्द्र बाबु यादव संग सोध गर्दा वहाले भने यस शिक्षालयमा कुनैपनि प्रकारको आर्थिक चलखेल भएको छैन ।
हामि माथि लगाइएका सबै आरोपहरु झुठो रहेको वहाले दाबी गर्नुभयो । विगत डेढ वर्ष देखि यादव यस शिक्षालयमा प्रमुखको रुपमा कार्यरत रहेको छ । सन्त अल्पमाई राम नारायण यादव बहुप्राविधिक शिक्षालय सर्लाही स्थापना भएपछि पनि यस क्याम्पसमा शिक्षालय प्रमुखको रुपमा विरेन्द्र बाबु यादवनै काम गर्नु भएको थियो ।
त्यो बेला पनि आर्थिक चलखेलको कुरा सार्वजनिक भएपछि यादवले रातारात सरुवा गराएर सर्लाहीबाट अन्तै जानु भएको थियो ।