Loktantra Khabar National Weekly
Ad

सेमिफाइनल प्रवेशका लागि फ्रान्स र अर्जेन्टिना भिड्ने

लोकतन्त्र खबर
१६ श्रावण २०८१

पेरिस ओलम्पिक फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ। समूह चरणका अन्तिम खेलसँगै अन्तिम आठमा पुग्ने टिमको तय भएको हो।

मंगलबार राति भएको खेलमा अर्जेन्टिनाले युक्रेनलाई २–० ले पराजित गर्दै समूह ‘बी’ को उपविजेता बन्दा मोरक्कोले इराकलाई हराउँदै विजेताका रूपमा क्वाटरफाइनलमा पुग्यो।

त्यस्तै, समूह ‘ए’ मा फ्रान्सले शतप्रतिशत जित निकाल्दै समूह ‘ए’ को विजेताका रूपमा क्वाटरफाइनलमा स्थान बनायो।

उसले समूह ‘बी’ को उपविजेता अर्जेन्टिनासँग क्वाटरफाइनलमा भिड्ने तय गर्‍यो।

त्यस्तै, समूह ‘सी’ मा इजिप्टले स्पेनलाई हराएर समूह विजेता बन्दा स्पेन उपविजेताका रूपमा क्वाटरफाइनलमा प्रवेश गर्‍यो।

समूह ‘डी’ मा जापान विजेता र पाराग्वे उपविजेताका रूपमा क्वाटरफाइनलमा प्रवेश गर्न सफल भए। अब क्वाटरफाइनलका खेलहरू शुक्रबार हुनेछन्। ओलम्पिकमा यू–२३ टिमले सहभागिता जनाएका छन्। यात्रा डेली

 

प्रतिक्रिया दिनुहोस्: