Loktantra Khabar National Weekly
Ad

नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

लोकतन्त्र खबर
१५ श्रावण २०८१

पर्सा । वीरगन्ज महानगरपालिका-१६ बाट नेपाली एक हजार दरको २ वटा नक्कली नोट सहित भारतीय नागरिक पक्राउ परेका छन् । भारत बिहार प्रान्त बेतिया ग्राम बैरिया-३ बस्ने २२ वर्षीय अजाद आलमलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  रातोपाटी संवाददाता

 

प्रतिक्रिया दिनुहोस्: