![](https://www.loktantrakhabar.com/wp-content/uploads/2024/07/News-4-papaya-face-pack-for-glowing-skin-e1693726745913_2qpq12k4rx.jpg)
मेवा स्वास्थ्यका साथसाथै छालाका लागि पनि एकदमै राम्रो मानिन्छ । ताजा मेवाको प्रयोग गरेर तपाईं घरमै विभिन्न फेस प्याक बनाउन सक्नुहुन्छ ।
मेवा र एलोभेरा
यस फेस प्याकलाई बनाउन ३ देखि ४ वटा मेवाका टुक्रा लिनुहोस् र राम्रोसँग मिच्नुहोस् । अब यसमा एक चम्चा एलोभेरा जेल मिसाउनुहोस् । यस पेस्टलाई आफ्नो अनुहार तथा घाँटीको भागमा राम्रोसँग लगाउनुहोस् । १० देखि १५ मिनेटसम्म फेस प्याकलाई राखेपछि चिसो पानीले सफासँग धुनुहोस् ।
मेवा र टमाटर
सबैभन्दा पहिला एउटा कचौरामा मेवाको ३–४ वटा टुक्रा लिनुहोस् र मिच्नुहोस् । अब यसमा टमाटरको रस मिसाएर उक्त प्याकलाई अनुहार तथा घाँटीमा लगाउनुहोस् । यो फेस प्याक घामले जलेको छालालाई चम्काउन पनि एकदमै सहयोगी हुन्छ ।
मेवा र मुल्तानी मिट्टी
यसका लागि पनि पहिले जसरी मेवा र मुल्तानी मिट्टीलाई मिसाएर लेप तयार गर्ने । यसरी तयार गरिएको लेपलाई अनुहारमा राम्रोसँग लगाउने । अब केहीबेर राखेपछि यसलाई सफा पानीले धुनुहोस् ।
मेवा र दूध
अनुहारमा चमक ल्याउनका लागि मेवालाई म्यास गर्नुहोस् र दूधमा मिसाउनुहोस् । अब यस पेस्टलाई १५ मिनेटसम्म अनुहारमा लगाउनुहोस् र पानीले राम्रोसँग छालालाई सफा गर्नुहोस् ।
यसरी मेवाबाट बनेका विभिन्न प्याक लगाएर अनुहारलाई मुलायम तथा चम्किलो बनाउनुहोस् । यात्रा डेली