Loktantra Khabar National Weekly
Ad

पेरिस ओलम्पिकमा पदक विजेता एडम पिटीलाई कोरोना

लोकतन्त्र खबर
१५ श्रावण २०८१

पेरिस ओलम्पिक २०२४ अन्तर्गत १ सय मिटर ब्रेस्ट स्ट्रोकमा ग्रेट ब्रिटेनका लागि रजत पदक जितेका एडम पिटी कोरोना सङ्क्रमित भएका छन्। उनी शून्य दशमलव शून्य दुई सेकेन्डले लगातार तेस्रो स्वर्ण पदक जित्नबाट चुकेका थिए।

खेल पछि घाँटीमा समस्या आएको बताएपछि पिटीको स्वास्थ्य परीक्षण गरिएको थियो।  ग्रेट ब्रिटेन टोलीले  विज्ञप्ति जारी गर्दै २९ वर्षीय पिटीको स्वास्थ्य अवस्था रातारात बिग्रिएको र उनी कोरोना सङ्क्रमित भएको जानकारी गराएको हो।

२०२० को टोकियो ओलम्पिकमा कोरोनालाई लिएर कडा स्वास्थ्य प्रोटोकलहरू लागु गरिए पनि पेरिसमा भने खासै प्रोटोकल जारी गरिएको छैन। पिटी ग्रेट ब्रिटेन रिले टोलीहरूको समेत हिस्सा हुन्। शुक्रबार हुने प्रतिस्पर्धाअघि उनी स्वस्थ हुने अपेक्षा गरिएको छ। यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: