Loktantra Khabar National Weekly
Ad

काठमाडौं-सिमराका लागि कुन एयरलाइन्समा कति पर्छ भाडा?

लोकतन्त्र खबर
७ श्रावण २०८१

काठमाडौं-सिमरा रूटमा अहिले बुद्ध र यती एयरलाइन्सले नियमित उडान गरिरहेका छन्।

बुद्धले काठमाडौं-सिमरा दैनिक ६ वटा उडान गरिरहेको छ। यतीले काठमाडौं-सिमरा तीन वटा उडान गरिरहेको छ।

हवाइ यात्रा गर्दा न्यूनतमदेखि अधिकतमसम्मको भाडादर तोकिएको हुन्छ। यसका लागि नागरिक उड्डयन प्राधिकरणले समय/समयमा हवाइ भाडादर तोकेर सम्बन्धित वायुसेवा कम्पनीहरूलाई पठाएको हुन्छ।

प्राधिकरणले तोकेको भाडादरकै आधारमा एयरलाइन्समा अधिकतमदेखि न्यूनतम भाडादर हुन्छ।

बुद्ध एयरलाइन्समा काठमाडौं-सिमराका लागि न्यूनतम भाडादर तीन हजार ८६१ रूपैयाँ रहेको छ। त्यस्तै यही गन्तव्यका लागि अधिकतम भाडादर चार हजार ६१ रूपैयाँ रहेको छ।

त्यस्तै, यती एयरमा काठमाडौं-सिमरा लागि न्यूनतम भाडादर तीन हजार ८५० रूपैयाँ पर्छ। त्यस्तै यही गन्तव्यमा अधिकतम भाडादर चार हजार ६० रूपैयाँ रहेको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: