Loktantra Khabar National Weekly
Ad

सशस्त्र प्रहरी पर्साले ८ लाख बराबरको अवैध सामान भन्सार दाखिला गर्यो

लोकतन्त्र खबर
३२ असार २०८१

वीरगञ्ज। सशस्त्र प्रहरी पर्साले भन्सार छलीका ८ लाख रुपैयाँ बराबरका अवैध सामानहरु आज भन्सार दाखिला गरेको छ। सशस्त्र प्रहरी पर्साले वीरगञ्ज महानगरपालिकाको विभिन्न स्थानबाट भन्सार छलीका सामानहरु पक्राउ गरी भन्सार दाखिला गरेको हो।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेक्वा पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज वडा नम्बर १४ गण्डक चौकस्थितबाट भारतबाट अवैध रुपमा भन्सार छलीका विभिन्न सार्वजनिक सवारी साधनको माध्यमबाट जितपुरतर्फ लैजाँदै गरेको अवस्थामा चेकजाँच गर्दा करीब ३ लाख ३० हजार रुपैयाँ बराबरको किराना र हार्डवयरको सामान पक्राउ गरेको थियो।

यसैगरी, सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज वडा नम्बर १७ अलौ चौकबाट करीब १ लाख ५० हजार रुपैयाँ बराबरको कपडा र किराना सामान बरामद गरेको थियो। साथै, वीरगञ्ज वडा नम्बर १६ बासघारीबाट ८० हजार रुपैयाँ बराबरको १ वटा पशुचौपाया (भैंसी) नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका प्रवक्ता देवेंद्र सिंहले जानकारी दिए।

प्रवक्ता सिंहका अनुसार, बीओपी ड्राईपोर्टबाट खटिएको मोटरसाइकल गस्ती टोलीले वीरगञ्ज वडा नम्बर २४ बहुअरी चौकबाट २३ हजार रुपैयाँ बराबरको भन्सार छलीका किराना सामान बरामद गरेको थियो।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका पशुचौपाया तथा भन्सार छलीका अवैध सामानहरु आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको प्रवक्ता सिंहले बताए। यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: