![](https://www.loktantrakhabar.com/wp-content/uploads/2024/07/mahendranagar-flood.jpg)
महेन्द्रनगर असार २४ ,कञ्चनपुरमा घरभित्र पसेको बाढीमा डुबेर एक शिशुको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१ पहरियामा घरभित्र पसेको बाढीमा डुबेर सात महिनाका सोनु धानुकको मृत्यु भएको हो ।
राति सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खस्दा पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।
यसैगरी बेल्डाँडी गाउँपालिका–३ वैवाहका २३ वर्षीय डम्बर चौधरी चौधर नदीको बाढीमा बगेर बेपत्ता भएका छन् । प्रहरी र स्थानीयको सहयोगमा उनको खोजी भइरहेको छ । अनलाइन खबर
प्रतिक्रिया दिनुहोस्: