Loktantra Khabar National Weekly
Ad

किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ

लोकतन्त्र खबर
२१ असार २०८१

काठमाडौं । १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

बलात्कारको आरोपमा प्रहरीले नुवाकोटको बेलकोटगढी गाउँपालिका-१३ घर भएका २६ वर्षीय दिपेश मगरलाई पक्राउ गरेको हो ।

चन्द्रागिरि नगरपालिका-१२ मा एक १६ वर्षीया किशोरीलाई उनले बलात्कार गरेको प्रहरीमा निबेदन परेको थियो ।

मगरले ती किशोरीलाई विगत १०/१२ दिनदेखि बन्धक बनाइए बलात्कार गरेको भन्ने उजुरी परेपछि प्रहरी प्रभाग बलम्बुको टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका मगरविरुद्ध बलात्कार कसुरमा अनुसन्धान अघि बढाइएको छ।  अनलाइन नेपाल

 

 

 

प्रतिक्रिया दिनुहोस्: