Loktantra Khabar National Weekly
Ad

मदिरा पिएर लठ्ठ प्रहरीका सई कार्यालयबाटै समातिए

लोकतन्त्र खबर
१७ असार २०८१

कैलाली । कैलालीमा नेपाल प्रहरीकै एकजना सई प्रहरीको हिरासतमा पुगेका छन् ।

ड्युटीमै मदिरा सेवन गरेर लफडा गरेको गुनासोपछि कैलालीको टीकापुरस्थित प्रहरी चौकी सत्तीका ईन्चार्जसमेत रहेका सई अशोक खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

निबार बेलुका उनलाई नियन्त्रणमा लिएर स्वास्थ्य जाँच गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

सादा पोसाकमा रहेका उनले स्थानीयलाई गाली गरेको समेत आरोप छ । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । अनलाइन नेपाल

 

प्रतिक्रिया दिनुहोस्: