Loktantra Khabar National Weekly
Ad

इन्स्टाग्रामले बहुप्रतीक्षित ‘एआई स्टुडियो’ ल्याउँदै

लोकतन्त्र खबर
१७ असार २०८१

मेटा स्वामित्वको लोकप्रिय सोसल मिडिया एप इन्स्टाग्रामले एउटा नयाँ तथा बहुप्रतीक्षित फिचर ल्याउँदैछ ।

उक्त फिचरको नाम ‘एआई स्टुडियो’ हो । इन्स्टाग्रामको एआई स्टुडियो फिचरको सहयोगबाट प्रयोगकर्ताले आफ्नो एआई भर्सन तयार गर्न सक्नेछन् ।

मेटाका सीईओ मार्क जुकरगर्बले हालै इन्स्टाग्रामको उक्त फिचर घोषणा गरेका हुन् । आफ्नो ब्रोडकास्ट च्यानलबाटै जुकरबर्गले इन्स्टाग्राममा एआई स्टुडियो फिचर ल्याउने बताएका थिए।

हालै यो फिचर अमेरिकामा बिटा टेस्टरका लागि उपलब्ध छ । छिट्टै नै यो फिचर सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने जुकरबर्गले बताएका छन्।

मेटाका अनुसार यो फिचर आएसँगै राम्रो संख्यामा फलोअर्स भएका प्रयोगकर्ताले आफ्नै एआई भर्सन बनाउन सक्नेछन् ।

मेसेजको जवाफ दिने तथा कम्युनिटीसँग कुराकानी गर्नमा पनि आफ्नो एआई अवतारको प्रयोग गर्न सकिनेछ।

नयाँ अपडेटसँगै जुन अकाउन्टको एआई भर्सन लाइभ हुनेछ उक्त अकाउन्टमा मेसेज गर्दा एउटा पप अप नोटिफिकेसन देखिनेछ । जसमा उक्त जवाफ एआई जेनेरेटेड भएको उल्लेख हुनेछ।

प्रयोगकर्ताको नामको अगाडि पनि एआई जोडिएको हुनेछ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: