बखतियार अलि–
सर्लाही ११ असाढ ।
सर्लाहीको बरहथवा नगरपालिका तथा हिरापुर बैरेजको बाटो हुदै बिना बिल बिजकको ठुलो परिमाणमा बालुवा गिटी र ढुगां ढुवानी हुदैछ ।
सरकारले नदी जन्य पदार्थ उत्खनन तथा बेचबिखनमा प्रतिबन्ध लगाएपनि चोर बाटो हुदै बालुवा गिटी तथा ढुगांको ढुवानी दिनानुदिन बढदै गएको छ ।
चुरे पहाड तथा नदीहरुबाट बालुवा गिटी, ढुगांको ठुलो परिमाणमा चोरी पैठारी भएपछि मधेश प्रदेशको जलवायु अहिले परिवर्तन भएको छ ।
मधेश प्रदेशमा गर्मीको प्रकोप बढदै गएका छन भने भित्री मधेशमा पानीको मुहानहरु सुकेर खाने पानीको संकट भएपछि मधेशी जनता दुख भोगि रहेको छ ।
सरकारले चुरेको संरक्षणमा वर्षेनी करोडो रुपैया खर्च गरे पनि चुरेको संरक्षण नहुदा समस्या बढदै गएको छ ।
सर्लाहीको बरहथवा नगरपालिकाको बाटो भएर दैनिक रुपमा दर्जनौ टिपरहरु ढुगां, बालुवा र गिटी ढुवानी गरिरहेको छ ।
टिपरहरु ढुगां, बालुवा र गिटी पैठारी गरि भारतीय बजारमा बेच्ने गरेको हिरापुर बैरेजका व्यापारी रामईश्वर रायले भने । रायका अनुसार ढुगां ओसारपसार गर्ने टिपरहरु संग कुनै बिल विजक हुदैन ।
राजनीतिक पहुच भएका व्यतिmहरुले सुरक्षाकर्मीहरुलाई नजराना दिएर दैनिक रुपमा ढुगां, बालुवा र गिटी ढुवानी गरिरहेको रायले बताए ।
आफनो साहु पहुच भएको व्यतिm रहेकाले हामिलाई बिलविजकको आवश्यकता पर्दैनन । साहुको नाम मात्र सुरक्षाकर्मीलाई बताई दिएको खण्डमा आफुहरुलाई बिना रोकटोक प्रहरीले जाने दिने गरेको टिपर चालक जनक वाइवाले बताए ।
यसरी दैनिक रुपमाबिना बिल बिजक ढुगां, बालुवा र गिटी ढुवानी हुदा सरकारलाई राजस्वको ठुलो घाटा भईरहेको प्रहरीका एकजना अधिकारीलाई बताएपछि वहाले भने अब देखि टिपरलाई बिना बिल बिजक जान दिदैनौ ।
तर जान नदिएको खण्डमा ठुलो अधिकारी तथा मन्त्री समेतको कल आउने गरेको अधिकारीले बताए । ढुगां, बालुवा र गिटी ढुवानी गर्ने समुहहरु पहुच भएका व्यतिm रहेकाले यसता व्यतिmहरु संग बचेर बस्नुनै बेस रहेको प्रहरीको अधिकारीहरुको भनाई छ ।

