
लोकतन्त्र समाचारदाता—
सर्लाही,असाढ ११
सर्लाहीको गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र यादवले सोमबारदेखि सुरु भएको नवौ नगरसभा मार्फत आर्थिक वर्ष २०८१/०८२ को लागि ६८ करोड भन्दा बढी को बजेट प्रस्तुत गरेको छ ।
जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यमा सम्पन्न नवौं नगरसभाको उद्घाटन कार्यक्रममा नगरप्रमुख यादवले आर्थिक वर्ष २०८१/०८२ को लागि ६८ करोड २ लाख १४ हजार रुपैयाँको निति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेको हो।
आ.व २०८१/०८२ को लागि चालु खर्चतर्फ रु. ४० करोड २० लाख र पुँजीगत खर्चतर्फ रु. २७ करोड ८२ लाख १४ हजार रुपैयाँ विनियोजन गरिएको नगरप्रमुख द्वारा प्रस्तुत बजेटमा उल्लेख गरिएको छ।
नगरपालिकाको आफ्नै प्रांगणमा आयोजना भएको कार्यक्रममा विशिष्ट अतिथि नगर उपप्रमुख अंजना कुशवाहा,प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादव सहित अतिथिहरु नगरपालिका अन्तर्गतका १२ वटै वडाका वडाअध्यक्ष,कार्यपालिका सदस्य,नगरपालिका मातहतका सबै शाखाका प्रमुख तथा कर्मचारी लगायत पत्रकारहरुको उपस्थिति रहेको नगरसभा कार्यक्रमका संचालक एवं स्वास्थ्य शाखाका सह-संयोजक प्रमोद पंडितले जनाएको छ।