Loktantra Khabar National Weekly
Ad

गोहीले आक्रमण गर्दा नारायणी किनारमा नुहाइरहेका वृद्धको मृत्यु

लोकतन्त्र खबर
११ असार २०८१

पूर्वी नवलपरासीमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

सोमबार बिहान मध्यविन्दु नगरपालिका वडा नम्बर २ स्थित नारायणी किनारमा गोहीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेद पौडेलले जानकारी दिए।

उनकाअनुसार मृतक सोही वडाका ७२ वर्षीय मानसिंह चौधरी छन्। चौधरी बिहान नुहाउन नदीमा गएका थिए।

नदीमा रहेको गोहीले आक्रमण गर्दा चौधरीको मृत्यु भएको हो।

गोहीको आक्रमणले उनको मृत्यु भएपछि चितवन राष्ट्रिय निकुञ्जबाट टोली झिकाइएको थियो। उक्त टोलीले दुई घण्टापछि नियन्त्रणमा लिएको छ।

अहिले गोहीलाई नियन्त्रणमा लिएर चितवन निकुञ्ज लगिएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: