Loktantra Khabar National Weekly
Ad

चक्रघट्टा गाउँपालिका २५ सय नागरिकले निःशुल्क स्वास्थ्य जाँच गराए

लोकतन्त्र खबर
५ असार २०८१

लोकतन्त्र समाचारदाता—
सर्लाही,असाढ ४

सर्लाहीको चक्रघट्टा गाउँपालिकाको आयोजनामा ९ वटै वडामा संचालित विशेषज्ञसहितको निःशुल्क स्वास्थ्य शिविरबाट उक्त पालिकाका २५ सय नागरिकहरुले आ-आफ्नो स्वास्थ्य जाँच गराएका छन् ।

गत जेठ २७ गतेदेखि असाढ ३ गतेसम्म संचालित उक्त शिविरमा श्रीराम हेल्थ केयर मलंगवाका विशेषज्ञ डा.राम प्रवेश यादव,डा.राम विश्वास यादव र अर्श हेल्थ केयरका डा.मनिष प्रसाद साह द्वारा स्वास्थ्य सम्बन्धि सम्पूर्ण जाँच गरि नि:शुल्क औषधि प्रदान गरिएको थियो।

उक्त शिविरबाट सो पालिकाको खोरिया,शिवनगर,औरही,बेल्ही, सगरदिना,सुन्दरपुर र पडरियाका बिरामीले लाभ लिएका थिए ।

गापा अध्यक्ष कृष्ण कुमार यादवले शिविरलाई सफलता पुर्वक सम्पन्न गराउन सहयोग पुर्याउने चिकित्सकहरुको टोलीको प्रसंसा गर्दै सम्पूर्ण स्थानीय वडाबासीहरुलाई धन्यवाद दिएका छन् ।

साथै उहाँले आगामी दिनहरुमा पनि यसैगरी विभिन्न रोगको लागि नि:शुल्क स्वास्थ्य शिविरहरुको आयोजना गरिरहने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्: