Loktantra Khabar National Weekly
Ad

मोरङमा हात्तीको छावा मृत भेटियो

लोकतन्त्र खबर
३० जेष्ठ २०८१

विराटनगर  जेठ ३०, मोरङको सुन्दरहरैंचा-६ मा जंगली हात्तीको बच्चा (छावा) मृत भेटिएको छ ।

बुधबार बिहान स्थानीय दुर्गा मन्दिर टोल नजिक भक्तराज लिम्बुको केरा बगानभित्र भाले छावा मृत फेला परेको हो ।

अन्दाजी ५-६ वर्षको जस्तो देखिने हात्तीको छावा कसरी केरा बगानभित्र पुग्यो र मृत्यु भयो भन्ने यकिन हुन बाँकी रहेको लाटीझोडा सब डिभिजन वन कार्यालयका प्रमुख एवम् अधिकृत अमृतविलाश पन्तले बताए ।

छावाको सुँडको छेउमा सामान्य चोट देखिएको उनले बताए ।  कोशी टप्पु वन्यजन्तु आरक्षको टोली अनुसन्धानका लागि घटनास्थल तर्फ जाँदैछ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: