Loktantra Khabar National Weekly
Ad

नेप्सेमा साढे ५ अर्बको कारोबार, ८.९० अंकले बढ्यो परिसूचक

लोकतन्त्र खबर
२८ जेष्ठ २०८१

काठमाडौं जेठ २८ , सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । बजारमा कारोबार रकमले राम्रो साथ दिँदा नेप्से परिसूचक ८.९० अंक (०.४२ प्रतिशत) ले बढेर २०८२.०२ को बिन्दुमा पुगेको छ ।

बजारमा देखिएको बिक्री चापलाई खरिदकर्ता हाबी भएर सेयर खरिद गर्दा कारोबार रकम साढे ५ अर्ब पुगेको छ । नेप्सेमा सूचीकृत भएर संस्थापकको लकइन नखुलेको र कम पूँजी भएका कम्पनीहरूको सेय मूल्यमा उचाल्न ‘स्पेकुलेटिभ प्रवृति’ बजारमा हाबी भएको छ ।

जसले गर्दा सेयर सप्लाई कम भएका कम्पनीको सेयर मूल्य पछिल्लो केही समय यता उच्च रुपमा बढेको छ । सोमबार नेप्सेमा ७१ हजार ९४८ वटा कारोबारमा १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ५ अर्ब ४९ करोड ६ लाखको सेयर कारोबार भएको छ ।

सोमबार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक ४१ करोड ८८ लाखको कारोबार हुँदा माउन्टन इनर्जी लिमिटेडको २४ करोड ४८ लाख र जानकी फाइनान्सको १६ करोड ७७ लाखको कारोबार भएको छ ।

सोमबार नेप्सेका उपसूचकमध्ये बैंकिङ, व्यापार, होटल तथा पर्यटन,जीवन बीमा, अन्य र म्युचुअल फन्ड उपसूचकमा गिरावट भएको छ । म्युचुअल फन्ड उपसूचकमा सर्वाधिक ३.७४ प्रतिशतले गिरावट हुँदा व्यापार उपसूचक २.०४ प्रतिशत, होटल तथा पर्यटन उपसूचक ०.९३ प्रतिशत, जीवन बीमा उपसूचक ०.२४ प्रतिशत र बैंकिङ उपसूचक ०.०२ प्रतिशतले गिरावट भएको हो ।

कम पूँजी भएका र सेयर सप्लाई कम भएको धेरै कम्पनी रहेको हाइड्रोपावर उपसूचक नै सोमबार सर्वाधिक २ प्रतिशतले बढेको हो । यस्तै वित्त कम्पनीको उपसूचक १.२१ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.२८ प्रतिशतले बढेको छ ।

नयाँ सूचीकरण भएर संस्थापक सेयरको लकइन नखुलेका कुथेली बुखारी साना जलविद्युत् आयोजना र त्रिशूली जलविद्युत् कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको हो ।

त्यस्तै पिपुल्स पावर कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूाल्यमा बन्द हुँदा मोलुङ हाइड्रोपावर कम्पनीको सेयरमूल्य९.४९ प्रतिशत र सुपर माइ हाइड्रोपावरको सेयरमूल्य ८.९९ प्रतिशतले बढेको छ ।

यता जानकी फाइनान्सको सेयरमूल्य सर्वाधिक ८.५७ प्रतिशतले वृद्धि हुँदा बाराही हाइड्रोपावरको सेयरमूल्य ५.२९ प्रतिशत र भगवती हाइड्रोपावरको सेयरमूल्य ४.८३ प्रतिशतले बढेको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: