Loktantra Khabar National Weekly
Ad

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संकटकालीन नमूना अभ्यास

लोकतन्त्र खबर
२८ जेष्ठ २०८१

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो संकटकालीन नमूना अभ्यास गरिएको छ।

हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बद्ध विभिन्न निकायको सहभागितामा नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले संकटकालीन योजनाअनुसार गरिने विभिन्न नमूना अभ्यास गरेको हो।

सो क्रममा जहाज दुर्घटनामा परेका खण्डमा कसरी उद्धार गर्नेजस्ता अभ्यास गरिएको थियो।

संकटका अवस्थामा सहभागी हुने निकायबीच सहयोग अभिवृद्धि गर्न र दुर्घटनाका बेला जनधनको क्षति न्यून गराउन यो अभ्यास गरिएको हो।

यो अभ्यास गर्दा विमानस्थल सोमबार दिउँसो १ बजेदेखि १:३० बजेसम्म जहाज उडान र अवतरणलगायत काम प्रभावित बनेको थियो।

उड्डयन कार्यालयका अनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड तथा त्रिभुवन विमानस्थलको योजनाअनुसार यो अभ्यास गरिएको हो। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: