Loktantra Khabar National Weekly
Ad

घटेको सेयर बजारमा ५ अर्ब १८ करोडको कारोबार

लोकतन्त्र खबर
२७ जेष्ठ २०८१

५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो

काठमाडौं जेठ २७ , साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४.५९ अंक घटेको छ । सो अंकको कमीसँगै नेप्से २०७३ अंकमा कायम भएको छ ।

नेप्से घट्दा कारोबार रकम बढेको छ । अघिल्लो कदिन ४ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ५ अर्ब १८ करोड पुग्यो । ९७ कम्पनीको मूल्य बढ्दा १४४ को घट्यो भने ३ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २.९२ प्रतिशत (१५५ अंक) बढ्यो ।

त्यस्तै अन्य ०.१४, उत्पादन ३३, हाइड्रोपावर समूह २४ अंक बढे । व्यापार समूह सबैभन्दा धेरै १.५४ प्रतिशत (४७ अंक) घट्यो । त्यसबाहेक बैंकिङ १०, विकास बैंक २४, फाइनान्स १९, जीवन बीमा ६९, माइक्रोफाइनान्स ५१, निर्जीवन बीमा ४८ अंक घटे ।

५ कम्पनी इस्टर्न हाइड्रोपावर, शुभम पावर, सिटी होटल, कुथेली बुकरी स्मल हाइड्रोपावर र भगवती हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै सामलिङ पावरको ९.२, सयपत्री हाइड्रोपावरको ८.९, जानाकी फाइनान्सको ८.२, युनाइटेड इदीमर्दीको ७.९, माउन्टेन हाइड्रो नेपालको ७.४ प्रतिशत मूल्य बढ्यो ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी हाइड्रोपावर, सिटी होटल, पोखरा फाइनान्स र हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमशः अगाडि रहे । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: