Loktantra Khabar National Weekly
Ad

सेयर परिसूचक घट्दा कारोबार रकम बढ्यो

लोकतन्त्र खबर
२४ जेष्ठ २०८१

काठमाडौं जेठ २४ , साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १.९३ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २०७७.७८ अंकमा कायम भएको छ । अंक घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ३ अर्ब ९९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ३८ करोडको भयो ।

१०१ कम्पनीको मूल्य बढ्दा १३५ को घट्यो भने ११ को स्थिर रह्यो । क्षेत्रगत सूचकमा व्यापार समूह सबैभन्दा धेरै १.९६ प्रतिशत (५८ अंक) बढ्यो । माइक्रोफाइनान्स ४२, हाइड्रा्ेपावर २०, होटल तथा पर्यटन ६ अंक बढे । बैंकिङ ७, विकास बैंक २४, फाइनान्स ४५, जीवन बीमा २४, उत्पादन ४२, निर्जीवन बीमा ४० र अन्य समूह २ अंक घटे ।

इमर्जीङ नेपाल, मिडसोलु हाइड्रोपावर र बुद्धभूमि हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । मान्डु हाइड्रोपावरको ८.४, सुपरमादी हाइड्रोपावरको ७.५, मन्दाकिनी हाइड्रोपावरको ६.७, ग्लोबल आईएमई लघुवित्तको ६.६ प्रतिशत मूल्य बढ्यो । त्यस्तै  माइखोला हाइड्रोपावरको ६.४, नारायणी डेभलपमेन्ट बैंकको ५.३, पोखरा फाइनान्सको ५.१, स्वाभिमान लघुवित्तको ४.५ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी हाइड्रोपावर, पोखरा फाइनान्स, हिमालयन लघुवित्त र सुपरमादी हाइड्रोपावर क्रमशः अगाडि रहे । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: