Loktantra Khabar National Weekly
Ad

नेप्सेसँगै घट्यो कारोबार रकम

लोकतन्त्र खबर
२३ जेष्ठ २०८१

काठमाडौं जेठ २३ , बुधबार सेयर बजारको परिसूचक नेप्सेसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ५.५८ अंक घटेको छ । अघिल्लो दिन ६.२२ अंक बढेको थियो । अघिल्लो दिन ४ अर्ब ८ करोडको कारोबार भएकोमा आज ३ अर्ब ९९ करोडमा खुम्चियो ।

कुल ८३ कम्पनीको मूल्य बढ्दा १५८ को घट्यो भने ६ को स्थिर रह्यो । माइक्रोफाइनान्स क्षेत्रको सूचक १.३१ प्रतिशत (६० अंक) बढ्यो । माइक्रोफाइनान्सबाहेक उत्पादन समूह २८ र फाइनान्स सूचक २ अंक बढे ।

बैंकिङ ७, विकास बैंक १२, होटल तथा पर्यटन २९, हाइड्रोपावर १६, जीवन बीमा ५५, निर्जीवन बीमा २६, अन्य ११ र व्यापार समूह ३१ अंक घटे ।

भगवती हाइड्रोको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । मनकामना स्मार्ट लघुवित्तको ९.८, माइखोला हाइड्रोपावरको ९.६, विजय लघुवित्तको ७.९, लक्ष्मी लघुवित्तको ७.६ तथा नाडेपको ७.३ प्रतिशत मूल्य बढ्यो ।

अपर लोहोरेखोला हाइड्रोको ५.५, रसुवागढी हाइड्रोपावरको ३.६, अपरसोलु हाइड्रोको ३.४ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर, पोखरा फाइनान्स र ग्लोबल आईएमई लघुवित्त क्रमशः अगाडि रहे । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: