Loktantra Khabar National Weekly
Ad

शाहरूख र सुहानाले सुरू गरे ‘किङ’ को छायांकन

लोकतन्त्र खबर
२० जेष्ठ २०८१

बलिउड अभिनेता शाहरूख खानको आगामी फिल्मको नाम ‘किङ’ हो। यस फिल्ममा उनी आफ्नी छोरी सुहानासँग देखिँदैछन्।

हाल फिल्मको छायांकन पनि सुरू भइसकेको छ। छायांकन सेटबाट शाहरूखको एक तस्बिर भाइरल भइरहेको छ।

सुजोय घोषले निर्देशन गर्ने लागेको फिल्म २०२५ मा प्रदर्शन हुने बताइएको छ।

सुहानाले जोया अख्तरको फिल्म ‘द आर्चिज’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्। यो फिल्म ओटिटीमा रिलिज भएको थियो। अब सुहाना ‘किङ’ बाट ठूलो पर्दामा डेब्यू गर्दैछिन्।

यो फिल्म शाहरूख खानको होम प्रोडक्सन रेड चिलीज इन्टरटेनमेन्टले निर्माण गर्नेछ। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मको बजेट २०० करोड भारू रहेको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: