Loktantra Khabar National Weekly
Ad

खोलामा बगेर दुई जना बेपत्ता

लोकतन्त्र खबर
१४ जेष्ठ २०८१

खलङ्गा । दार्चुलाको मार्मा गाउँपालिकामा खोलामा बगेर दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार गएराति मार्मा गाउँपालिका–५  मुरैस्थित गन्याड खोला तर्ने क्रममा बगेर स्थानीय २५ वर्षीया झुपा टमटा र ६ वर्षीय ऐन विक बेपत्ता भएका हुन् । दुवै जना नातामा काकी भतिजा पर्छन् ।

अत्यधिक वर्षापछि खोलामा आएको बाढीले दुवै जनालाई बगाएको मार्मा गाउँपालिका–५ का वडाध्यक्ष सुरेन्द्र महताले जानकारी दिए । बेपत्ताको खोजी गर्न इलाका प्रहरी कार्यालय लटिनाथको टोली घटनास्थलमा खटिएको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्: