धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दिर्घराज सोडारीले साउन १८ गते विश्वासको मत लिने भएका छन् ।
सत्तासिन दल नेकपा एमाले गत असार २० गते सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने भएका हुन् ।
विश्वासको मतको प्रायोजनको लागि आज उनले सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएका छन् ।
प्रदेशसभा सचिवालयले शुक्रबार ४ बजे मुख्यमन्त्रीको विश्वासको मतका लागि प्रदेशसभा सदस्यहरुलाई सूचना पनि सम्प्रेषण गरिसकेको छ ।
सभामुख भण्डारीले विश्वासको मतको लागि आह्वान हुने बैठकबारे प्रदेशसभा सदस्यहरुलाई सूचना पनि जारी गरिसकेको जानकारी दिए । रातोपाटी संवाददाता
प्रतिक्रिया दिनुहोस्: