Loktantra Khabar National Weekly
Ad

विपक्षीद्वारा सुदूरपश्चिम प्रदेश सभाको बैठक बहिष्कार

लोकतन्त्र खबर
१३ जेष्ठ २०८१

धनगढी । प्रतिपक्ष दलहरूले सुदूरपश्चिम प्रदेश सभाको बैठक बहिष्कार गरेका छन् । आइतबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेश सभाको बर्खे अधिवेशनको पहिलो बैठक प्रतिपक्ष दल नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टी (रेशम पक्ष)ले बहिष्कार गर्दै सभाबाट बाहिरिएका हुन् ।

बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेश प्रमुख नजिर मियाँबाट बर्खे अधिवेशन आह्वान सम्बन्धी आएको पत्र सुनाउन खोज्दा प्रतिपक्ष दलहरूले विरोध जनाउँदै बाहिरिएका हुन् । विपक्षको उपस्थिति विना नै मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पेस गरिरहेका छन् । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: