Loktantra Khabar National Weekly
Ad

सुनको भाउ १८ सय घट्यो

लोकतन्त्र खबर
१० जेष्ठ २०८१

काठमाडौं  जेठ १०, बिहीबार सुनको भाउ तोलामा १८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ तोलामा १ लाख ३८ हजार ७ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन तोलामा १ लाख ४० हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत सोमबार सुनको भाउ हालसम्मकै उच्च १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ पनि आज तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १९ सय रुपैयाँ रहेको चाँदी आज १८ सय ६५ रुपैयाँमा झरेको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: