Loktantra Khabar National Weekly
Ad

‘भूल भुलैया ३’ मा एकसाथ देखिँदै कार्तिक र तृप्ति

लोकतन्त्र खबर
३ जेष्ठ २०८१

बलिउड अभिनेता कार्तिक आर्यनको यसवर्ष दुई फिल्म रिलिज हुँदैछ।

उनी यतिबेला फिल्म ‘चन्दू च्याम्पियन’ र ‘भूल भूलैया ३’ को छायांकनमा व्यस्त छन्। यस फिल्मपछि कार्तिक अभिनेत्री तृप्ति डिमरीसँग फिल्ममा देखिँदैछन्। केही समयअघि उनीहरू ‘आशिकी ३’ मा एकसाथ देखिने चर्चा थियो। हालै उनीहरू ‘आशिकी ३’ नभई अन्य फिल्ममा देखिने बताइएको छ।

उनीहरू ‘भूल भुलैया ३’ मा एकसाथ देखिन लागेका हुन्। अनुराग बसुले निर्देशन गर्न लागेको फिल्ममा कार्तिक र तृप्तिसँगै विद्या बालन, माधुरी दीक्षितलगायत कलाकारको अभिनय रहनेछ।

तृप्ति फिल्म ‘एनिमल’ बाट चर्चामा आएकी हुन्। सन्दिप रेड्डीले निर्देशन गरेको यो फिल्ममा उनले जोया पात्रको भूमिका गरेकी छन्। यो फिल्ममा काम गरेपछि उनको जीन्दगी यात्रामा परिवर्तन आएको बताउँछिन्। उनले ‘लैला मजन्नु, कला, बुलबुल’ लगायतको फिल्ममा अभिनय गरेकी छन्।

अब उनी ‘भूल भुलैया ३, एनिमल पार्क, मेरे मेहबूब मेरे सनम’ र ‘स्पिरिट’ लगायत फिल्ममा देखिनेछन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: