एस्ट्रालाई मोबाइल एप र वेब दुवैको माध्यमबाट प्रयोग गर्न सकिने बताइएको छ ।
डेमो भिडियोमा एस्ट्राले मौखिक रुपमा सोधिएको प्रश्नकोफोन क्यामेरा र स्मार्ट चश्माबाट देखेको कुरा विश्लेषण गरी जवाफ दिएको थियो । उक्त भिडियोमा एस्ट्राले कोडहरुको श्रृंखला सफलतापूर्वक पहिचान गर्नुका साथै विद्युत सर्किटको सुधारका लागि सुझाव दिएको तथा क्यामेरा लेन्सबाट लण्डनस्थित किंग्स क्रसको समेत पहिचान गरेको थियो । त्यस्तै प्रयोगकर्ताले उसको चश्मा कहाँ छाडेको छ भन्ने कुरा पनि यसले सम्झाइदिएको थियो ।
यो नयाँ एआई टूलले मानिसले जस्तै दृष्टिकोणबाट संसारलाई हेर्ने दाबी गुगलको छ ।
तपाईं भुल्नुहोला, तर एस्ट्राले भुल्नेछैन
यदि तपाईंले एस्टको मद्दतबाट कुनै भिडियो बनाउनुहुन्छ भने यसले भिडियोमा देखिएका सबै चिज याद गर्नेछ ।
यसले के चिज कुन ठाउँमा राखिएको छ भन्ने कुराको पनि याद राख्नेछ । यदि तपाईंले कुनै चिज भुल्नुभयो भने पनि एस्ट्राले तपाईंलाई बताइदिन सक्दछ । यसले तपाईंसँग कुनै साथी वा नोतदारले जस्तै कुरा गर्ने दाबी पनि गुगलले गरेको छ ।
आफ्नो जेमिनी एप तथा अन्य प्रडक्टहरुमा पनि यसैवर्ष एआई टूल एस्ट्रालाई आबद्ध गर्ने अल्फाबेटका सीईओ पिचाइले जनाएका छन् ।
यसैबीच गुगलले आफ्नो सर्च इन्जिनमा पनि महत्वपूर्ण परिवर्तन गरेको छ । योसँगै अब अमेरिकी प्रयोगकर्ताहरुले गुगलमा केही कुरा सर्च गर्दा सुरुमा एआईले तयार पारेको उत्तरको सारांश पढ्न पाउनेछन् । अनलाइन खबर